१ कार्तिक २०८३, शनिबार

मेसीको गोलमा अर्जेन्टिनाको विजयी सुरुवात

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । अर्जेन्टिनाले विश्वकप क्वालिफायरमा विजयी सुरुवात गरेको छ ।

आज शुक्रबार बिहान दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले खेलको ७८औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

आजै भएको दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा रोकिएको थियो ।