१ कार्तिक २०८३, शनिबार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाली क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएको नेपाली टोलीलाई बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

समूह ‘ए’मा रहेको नेपाल समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएपछि स्वदेश फर्किएको हो ।

नेपालले पाकिस्तानको मुल्तानमा १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । दोस्रो खेलका लागि श्रीलंका पुगेको नेपाली टोली भारतसँग १० विकेट पराजित भएको थियो ।

नेपाली टोलीले विश्व विजेता टोली भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

रोहित पौडेलको कप्तानीमा एसिया कप खेलेको नेपाली टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा रहेका थिए ।