१ कार्तिक २०८३, शनिबार

आइसिसी महिला टि–२० विश्वकप एसिया छनोटः नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेता बनेको हो ।

आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

नेपाल र युएईको समान ९/९ अंक भए पनि युएई रनरेटका आधारमा समूह विजेता बनेको हो ।