१ कार्तिक २०८३, शनिबार

एसिया कपः श्रीलंका र अफगानिस्तान भिड्दै, सुपर फोरको टुंगो लाग्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’मा रहेको श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तानको लाहोरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । सुपर चारमा पुग्नका लागि दुवै देशका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तान बंगलादेशसँग पराजित भएको थियो ।

अफगानिस्तानलाई सुपर फोरमा पुग्न आजको खेलमा श्रीलंकामाथि फराकिलो जित आवश्यक रहेको छ । अफगानिस्तान विजयी भएमा तीनै देशको २-२ अंक हुने हुँदा रनरेटको आधारमा सुपर फोरमा जाने दुई देशको टुंगो लाग्ने छ ।

एक खेल खेलेको श्रीलंका २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेलमा श्रीलंका विजयी भएमा समूह ‘बी’बाट श्रीलंकासहित बंगलादेश सुपर फोरमा पुग्ने छन् । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंककासाथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । पहिलो पटक एसिया कप खेलेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।