
काठमाडौं, १९ भदौ । सर्वोच्च अदालतमा कोशी सरकारविरुद्धको रिटमाथि आज मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । हिजो सोमबार समय अभाव कारण देखाउँदै हेर्दा हेर्दैमा राखिएपछि आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।
गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।
मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा (एमाले) कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले गत भदौ ७ गते कोशी प्रदेशका मुख्यमन्त्री थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।











प्रतिक्रिया