
काठमाडौं, १५ भदौ । नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन आज दक्षिण कोरिया प्रस्थान गर्दैछ । यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदैछन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन् ।
नेपालले पुरुष/महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
एसियाली खेलकुदमा छ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टेबल टेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो ।
बिदाइका अवसरमा सदस्यसचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षणबारे चासोपूर्वक जानकारी लिएका थिए । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए ।















प्रतिक्रिया