१ कार्तिक २०८३, शनिबार

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका क्रिकेटर सन्दीप लामिछाने आज सोमबार पाकिस्तान जाँदैछन् ।

सन्दीप यसअघि आफ्नो मुद्दामाथिको सुनुवाइको कारण नेपाली राष्ट्रिय टीमसँगै पाकिस्तान गएका थिएनन् । हिजो आइतबार सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याईनेमा रहेपछि उनी पाकिस्तान जान लागेका हुन् । उनी आज बिहान ११ः२० बजे कतार एरलाइन्सबाट पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीप दोहा हुँदै आजै पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आउँदो बुधबार भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली गत भदौ ६ गते पाकिस्तान पुगेको थियो ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल भदौ १३ गते हुनेछ भने दोस्रो खेल भारतसँग हुनेछ । नेपाल र भारतबीचको खेल भने भदौं १८ गते श्रीलंकामा हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा रहेका छन् ।