६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिको मस्यौदा तयार

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ५ भदौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी सुन प्रकरणको छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार भएको छ ।

मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो।

गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । बैठकले एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दललाई मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो।