६ कार्तिक २०८३, शुक्रबार

गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कन सक्ने अवस्था छैन: माधवकुमार नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको छैठाँै बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले सत्तागठबन्धन र मोर्चाबाट बाहिर निस्कन नसक्न्ने भएकाले सोहिबमोजिम अघि बढ्न आह्वान गरे ।

ललितपुरमा सुरु भएको बैठकमा पार्टी नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी खडा गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए ।

उनले विगतको सन्दर्भमा जानु आवश्यक नरहेपनि विद्रोहबाट पार्टी निर्माणको औचित्यका बारेमा प्रष्ट हुनुपर्ने धारणा राखे । अध्यक्ष नेपालले पार्टी बैठकहरूको बारेमा बिधानले व्यवस्था गरेको भन्दै आवश्यकता अनुसार केन्द्रीय तहको बैठक बस्ने सक्ने उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले केन्द्रीय सरकार, प्रदेश सरकार र सभामा पार्टीका सांसदहरूको भूमिकाको पनि समिक्षा हुन आवश्यक रहेको धारणा राखे । नेपालले मुलुकको राजनीतिक अवस्था र पार्टी संगठनका बारेमा समेत प्रतिवेदनमा उल्लेख गरिएको जिकिर गरे । राष्ट्र र जनताका सरोकारका बिषयहरूमा विचार मिल्नेहरुसंग हातेमालो गर्दै अघि बढ्न चाहेको उनले बताए ।

त्यस्तै अहिले पनि बहुदलीय जनवादको औचित्यका बारेमा उनले प्रकाश पारेका छन् । बैठकमा राजनीतिक परिस्थिति, सङ्गठनको पुन: गठन, आगामी महाधिवेशन लगायतका बिषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

बैठक भदौ सात गतेसम्म चल्ने छ ।