
काठमाडौं, ५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खा र वर्षा दुवै समयमा विद्युतमा आत्मनिर्भर हुन लागेको बताएका छन् ।
मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले विद्युतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गरे ।
उनले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको पनि बताए । मन्त्री बस्नेतले मुलुकमा लोडसेडिङ नभएपनि प्राविधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै यो समस्या पनि छिट्टै समाधान हुने दाबी गरे ।
सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै उनले सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको जानकारी दिए ।















प्रतिक्रिया