६ कार्तिक २०८३, शुक्रबार

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्न अझै केही घण्टा लाग्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । चितवनको इच्छाकामना – ६ नाम्सीखोला पुलनजिकै खसेको पहिरो हटाउन अझै केहि समय लाग्ने भएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा गएराती ठूलो पहिरो खसेपछि अवरुद्ध सडक खुलाउने काम भइरहेको र अझै केही समय लाग्ने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा नारायणगढ–मुग्लिन सडकको पहिरो स्थलमा बिहानै पुगेका थिए ।

अहिले सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ ।