६ कार्तिक २०८३, शुक्रबार

सीआईबीले आज ललिता निवास प्रकरणको अनुसन्धान फाइल बुझाउँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

यसअघि हिजै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भनिएकामा आज बल्ल बुझाउन लागिएको हो ।

सीआईबले आइतबार राति मात्रै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसँग यस प्रकरणमा बयान लिएको थियो ।

प्रधानमन्त्रीद्वयको बयानपछि सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो । यसअघि नेपाल र भट्टराईको बयान नलिएको भन्दै चर्को आलोचना हुँदै आएको थियो ।