६ कार्तिक २०८३, शुक्रबार

ललिता निवास जग्गा प्रकरणमा माधव नेपालसँग पनि सीआईबीले लियो बयान

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसँग पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

नेपालको प्रधानमन्त्रीत्व कालमा ललिता निवास जग्गाकाबारेमा निर्णय भएको थियो । उनको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले बयान लिएको हो।

यस्तै सीआइबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिइसकेको छ ।

यो प्रकरणमा मुछिएका भट्टराई र नेपालको बयान नलिएको भन्दै आलोचना हुँदै आएको थियो ।