६ कार्तिक २०८३, शुक्रबार

सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, एमाले अडानबाट टसमस भएन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल निष्कर्षविहीन भएको छ ।

संसदको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेकामा सहमति जुट्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।