
काठमाडौं, ३ भदौ । प्रहरीले दुई किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
रसुवाको टिमुरेबाट स्याफ्रुबेशी आउँदै गरेका एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार टिमुरेबाट स्याफ्रुवेशी आउँदै गरेका २४ वर्षका सुदीप शेर्पालाई चेकजाँच गर्ने क्रममा दुई केजी सुन बरामद भएको हो ।
शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए। बयानका क्रममा शेर्पाले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का फुसाङ्वु शेर्पाले आफूलाई सुन बोक्न लगाएका बताएका छन् ।
उनको बयानपछि फुसाङ्वुलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया