दाङ, १८ जेठ । मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी केशव अधिकारीले प्रहरी सेवा किनेको र चिनेको भरमा नपाइने यो त निःशुल्क पाइने बताउनुभएको छ ।
रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा डिआईजी पछिल्लो समय जनमानसमा प्रहरी सेवा चिनेको र किनेर मात्रै पाइन्छ भन्ने मानसिकताको विकास भएको बताउँदै डिआईजी अधिकारीले आफू प्रहरीको आचरण सुधार अभियानमा लागेको बताउनुभयो ।
त्यसैगरी उहाँले पछिल्लो समय मध्यपश्चिम क्षेत्रमा सुरक्षास्थिति राम्रो भएको दाबी गर्नुभयो । त्यस्तै गएको तीन महिनामा मध्यपश्चिममा लागुऔषध ओसार पसार, आपराधिक क्रियाकलाप धेरै नियन्त्रण भएको बताउनुभएका डिआईजी अधिकारीले सिमावर्ती क्षेत्रमा २२ प्रतिशतले चोरी निकासीमा कमी आएको बताउनुभयो ।
प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्र्तगत मध्यपश्चिमका १६ जिल्लामा ८२ विगाहा जमिनको अफिम र गाँजा खेती नष्ट गरेको बताउनुभयो । भर्खरै कार्वाहीमा परेका राप्ती अञ्चल प्रहरी प्रमुखका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा डिआईजी अधिकारीले कार्वाहीमा अञ्चल प्रहरी प्रमुखले पुनरावेदन गर्न पाउने बताउनुभयो ।
कर्णाली राजमार्ग मापदण्ड अनुसार नभएकाले कर्णालीमा सडक दुर्घटनाबाट धेरैले ज्यान गुमाउनु परेको बताउँदै अन्य सडकहरुमा ट्राफिक नियम उल्लंघन गर्दा सडक दुर्घटना बढेको भन्दै त्यसलाई निस्तेज पार्न प्रहरी लागिपरेको बताउनुभयो । सडकमा हुने दुर्घटनाहरु गत वर्षको तुलनामा धेरै कमीभएको उहाँको भनाई छ ।
















प्रतिक्रिया