६ कार्तिक २०८३, शुक्रबार

सीआईबीले आज ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउँदै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान रिपोर्ट आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयलाई बुझाउँदै छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले दिएको मितिभन्दा दुई दिन ढिला गरी सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो ।

सरकारी वकिलको कार्यालयले सीआइबीले प्रतिवेदन बुझाउन गत शुक्रबारसम्मको समय दिएको थियो ।

यस्तै सीआईबीले यो प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि कुनै अनुसन्धान नगरी अधुरो प्रतिवेदन बुझाउन लागेको हो ।

प्रकरणमा संलग्न दुई पूर्वप्रधानमन्त्रीमाथि कुनै पनि छानबिन नहुँदा अनुसन्धानमाथि नै प्रश्न उठेको छ ।