१ कार्तिक २०८३, शनिबार

ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई उन्मुक्ति दिन सरकारले प्रहरीमाथि हस्तक्षेप बढायोः गगन विष्ट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई उन्मुक्ति दिन सरकारले प्रहरीमाथि हस्तक्षेप बढाएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बयान नलिन निर्देशन दिएको बताउँदै विष्टले सर्वोच्च अदालतले छानबिन गर्न दिएको आदेशको सरकारले अवज्ञा गरेको बताए ।

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै सचिव विष्टले प्रहरीमाथि गरिएको हस्तक्षेपले ललिता निवास जग्गा प्रकरण सानालाई ऐन र ठूलालाई चैन हुने निश्चित बनेको टिप्पणी गरे ।

‘ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई उन्मुक्ति दिनको लागि सरकारले प्रहरीमाथि हस्तक्षेप बढाएको छ । प्रहरीमाथि गरिएको यो हस्तक्षेपले ललिता निवास जग्गा प्रकरण सानालाई ऐन र ठूलालाई चैन हुने निश्चित बनेको छ । यसले अनुसन्धान गर्ने प्रहरीको मनोबल गिराउने र छानबिन निकम्बा साबित हुने छ ।’ सचिव विष्टले भनेका छन्, ‘बालुवाटार काण्ड जस्तै सुन काण्डको छानबिन गर्न उच्चस्तरीय न्यायीक छानबिन समिति चाहिँदैन, सिआईबीले मात्र छानबिन गर्नु पर्छ भन्ने प्रचण्ड र काजीको पछिल्लो हर्कतले प्रहरीलाई दबाबमा राखी आफ्ना मान्छेलाई जोगाउने उदेश्य मात्र भएको पुष्टि हुन्छ ।’