६ कार्तिक २०८३, शुक्रबार

चट्याङ लागेर भूकम्प पीडित चेपाङ महिलाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyanga– सन्दिप भट्ट

चितवन, १८ जेठ । भूकम्पले पिरोलेको चितवनको लोथर गाविसमा फेरि अर्को पीडा थपिएको छ । गएराति हावाहुरीसंगै आएको चट्याका कारण लोथर गाविस वडा नम्मर २ तिरुवाकी ५२ बर्षिय नानीमाया चेपाङको ज्यान गएको छ ।

भूकम्पले घर भत्काएपछि पालमा रात गुजार्दै आएकी नानीमायालाई हिजो साझ ७ बजेको समयमा आएको चट्याङको कारणले ज्यान लिएको गामवेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए ।

चट्याङका कारण सोही गांउमा अन्य ६ जना घाईते भएका छन् । घाईते भएका सोही गांउका ११ बर्षिय रामहरी चेपाङ, कुमार चेपाङ, विजय चेपाङ, ललीमया चेपाङ, रामचन्द्र चेपाङ, कल्पना चेपाङ, चट्याङका कारण भएका उनिहरुको उपचारका लागी भरतपुर अस्पताल ल्याईदै गरीएको अध्यक्ष शर्माले जानकारी दिए ।