– हेमनाथ खतिवडा
रसुवा, १८ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पबाट रसुवाको लामटाङमा हिमपहिरो खसेको थियो ।
हिमपहिरोबाट २ सय भन्दा बढी स्वदेशी विदेशी नागरिकको मृत्यु भइसकेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जानकारी दिएको छ । समितिका अनुसार अझै पनि सयौ लासहरु पुरिएका छन् । ति लासहरुलाई अहिले खोज्ने कार्य भइरहेको छ ।
रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा पुरिएका विदेशी तथा स्वदेशी पर्यटक र सुरक्षाकर्मीहरुको लास उत्खनन् गर्न प्रहरी खटिएका छन् । त्यहाँ अझैपनि सुरक्षाकर्मी तथा विदेशीहरु पनि हराईरहेका छन् ।



















प्रतिक्रिया