काठमाडौंँ, १८ जेठ । जापानी नागरिकको सहयोगमा नेपालका क्षतिग्रस्त करिब २०० सामुदायिक विद्यालयमा अस्थायी भवन बनाउने भएको छ ।
एसियन फ्रेन्डसिप नेटवर्क (एएफएन) जापानको अगुवाइमा ती भवन निर्माण हुनेछन् । नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले भूकम्प प्रभावित गोरखा, सिन्धुपाल्चोक, नुवकोटका २०० भन्दा बढी विद्यालयमा अस्थायी विद्यालय भवन निर्माणमा सहयोग गरिने जानकारी दिनुभयो ।
संस्थाले आज काभ्रेको पात्लेखेत गाविस ठूलीटारस्थित डाँफे प्राथमिक विद्यालयमा निर्मित टहरा हस्तान्तरण गरेको छ । किड्स काडमान्डूले शैक्षिक सामग्री र फर्निचर पनि प्रदान गरेको थियो ।
दुई दसकअघिदेखि नेपालको शिक्षामा सहयोग गर्दै आएको नेटवर्कका कामलाई इन्सेन्टिभ ग्रुप अफ कम्पनीले सहकार्य गरिरहेको छ । रासस
















प्रतिक्रिया