६ कार्तिक २०८३, शुक्रबार

विद्यालय गएकी शिक्षिकाको लास जंगलमा ‘नाङ्गै’ भेटियो, हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १८ जेठ । कैलाली जिल्ला रामशिखरझाला गाविस-२ की एक महिलाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले स्थानीय १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ ।

रामशिखरझाला गाविसका कल्पना शाह, पवित्रा सिंह, जयन्ती सिंह, ज्ञानुदेवी शाह, लक्ष्मी सिंह, डम्मरबहादुर शाह, पहलमानपुर गाविसका विक्रम बोगटी, प्रविण मिश्र, खेम अधिकारी, मेख पौडेल, विराज घर्तीमगर र प्रेम थापाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यही जेठ १५ गते पहलमानपुरको तुल्सी सामुदायिक वनमा रामशिखरझाला घर भएकी २७ वर्षीया यशोदादेवी शाहीलाई मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । स्थानीय एक विद्यालयमा अध्यापन गराउँदै आएकी शाहीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा यी व्यक्तिलाई पक्राउ गरेको थियो । रासस