६ कार्तिक २०८३, शुक्रबार

नवीनले आफ्नै संवेदनशील अंग काटेपछि…

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । मकवानपुरमा एक व्यक्तिले आफ्नै संवेदनशील अंग काटेका छन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँले आफ्नै लिंग काटेका हुन् । उनले हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा गएराति १० बजे आफ्नै लिंग काटेका हुन् ।

उनले के कति कारणले आफ्नै लिंग काटे भन्ने खुल्न सकेको छैन । लिंग काटेपछि घाइते भएका उनलाई राति १२ बजे हेटौँडा अस्पताल लगिएको थियो । उनलाई त्यहाँबाट थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ ।

उनी अहिले सामान्य बोल्न सक्ने अवस्थामा मात्रै रहेका छन् ।