६ कार्तिक २०८३, शुक्रबार

चितुवाको छाला र हड्डीसहित युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger-skin-bonesभीमदत्तनगर, १८ जेठ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले बैतडीमा चितुवाको छाला र हड्डीसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार अनुसन्धान टोलीका महाकाली प्रहरीले बैतडीको सिगास–४ का दानसिंह धामीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिद्धपुर–४ पल्लो हतासमा सात फिट नौ इन्च लम्बाइ र चार फिट ११ इन्च चौडाइ भएको एक थान छाला र चार किलो ८०० ग्राम चितुवाको हड्डीसहित धामीलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएको छाला र हड्डीसहित थप कारबाहीका लागि अभियुक्तलाई जिल्ला वन कार्यालयलाई बुझाइएको छ । अभियुक्त धामीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने वन कार्यालयले जनाएको छ । रासस