
काठमाडौं, ३१ साउन । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परको दुईजना रिहा भएका छन् ।
रिहा हुनेमा मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रहेका छन् ।
उनीहरूलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको हो । मुद्दा बुझाउने दिन भने उनीहरूलाई पेश गरिने केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको छ ।
अन्यलाई भने काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ ।















प्रतिक्रिया