६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करी प्रकरण: थप चारजना चिनियाँ नागरिक पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० केजी ७१६ ग्राम सुन प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज तीनजना पुरुष र एकजना महिलालाई पक्राउ गरेको हो ।

यसअघि प्रहरी हिजो पनि तीनजना चिनियाँ नागरिकलाई ३० लाख रकमसहित पक्राउ गरेको थियो । आज पक्राउ परेका चारैजना चिनियाँको नाम प्रहरीले खुलाइसकेको छैन।

यो प्रकरणमा यसअघि नै १७ जना पक्राउ परिसकेका छन् ।