६ कार्तिक २०८३, शुक्रबार

संघीय निजामती ऐनलाई छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध छ: रक्षामन्त्री खड्का

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोशिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत बताए ।

एक हप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने खड्काले जानकारी दिए । मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनको विषयलाई सरकारले जोड दिएको पनि बताए ।

उनले झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दै आएकामा सुधारको खाँचो आवश्यक रहेको जिकिर गरे ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने धारणा राखे ।