
काठमाडौं, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार दिउँसो राष्ट्रपति पौडेललाई भेट्न ओली राष्ट्रपति निवास शीतल निवास पुगेका थिए । पौडेल र ओलीबीच अवरूद्व संसद खुलाउने विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
भेटमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।















प्रतिक्रिया