६ कार्तिक २०८३, शुक्रबार

स्वतन्त्र पार्टीका सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेसँग भेटवार्ताका लागि राजदूत सङ रास्वपाको कार्यालय वनस्थलीमा पुगेका थिए । लामिछाने र सङबीच नेपाल र चीन द्विपक्षीय सम्बन्ध, सीमा लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा लामिछानेले उत्तरी सीमा क्षेत्रमा नेपालले बेहोरिरहेको समस्याप्रति राजदूतलाई ध्यानाकर्षण गराएका थिए । सो क्रममा मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा पनि छलफल भएको र राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने विश्वास दिलाए ।

सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको बताएका थिए ।