भीमदत्तनगर, १८ जेठ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विश्वनिरञ्जन प्रधानको ४८ वर्षको उमेरमा आज हृदयाघात भइ निधन भएको छ ।
आजैदेखि घरबिदामा बस्नुभएका उहाँको काठमाडौँस्थित नेपाल पुलिस क्लबको पौडी पोखरीमा पौडी खेल्दै गर्दा हृदयाघात भएको र अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालयका प्रमुख रामकुमार खनालले बताउनुभयो । रासस















प्रतिक्रिया