६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई पठाए शुभकामना सन्देश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् ।

भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा प्रचण्डले बधाई तथा शुभकामना सन्देश पठाएका हुन् ।

‘भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।