
काठमाडौं, २९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुनको तौल अनुमान गरिएको भन्दा आधा बढीले कम आएको छ ।
आज लिइएको तौलमा ६० केजी ७८९ ग्राममात्रै सुन रहेको पाइएको हो । जबकी बरामद गर्दा एकसय ५० केजी बढी सुन रहेको अनुमान गरिएको थियो ।
ब्रेक प्याडबाट सुन निकाल्दा ६० केजी ७८९ ग्राममात्रै रहेको पुष्टि भएको हो ।
सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो।















प्रतिक्रिया