
काठमाडौं, २९ साउन । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले नागरिकलाई सहज रुपमा सेवा प्रवाह दिन ध्यान केन्द्रीत गर्ने बताएकी छिन् ।
सोमबार शीतल निवासमा सपथ ग्रहण गरेपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने र संविधानको व्यवस्था अनुसार काम गर्ने बताएकी हुन् ।
अनितादेवी जनमत पार्टीबाट मन्त्री बनेकी हुन् ।















प्रतिक्रिया