
काठमाडौं, २९ साउन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू कार्यक्रमका लागि विदेश जाँदा भाग्यो भनेर हल्ला फैलाइएको गुनासो गरेका छन् ।
स्वीट्जरल्याण्डबाट फर्किएपछि नेपालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको बताएका हुन् ।
सबै कार्यक्रम सकाएर आउँदा भन्नेमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए ।
‘केहीले त माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ । कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ,’ उनले भने ।
उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।















प्रतिक्रिया