६ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीका एसपीको पौडी खेल्दाखेल्दै हृदयाघात भएर निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwa-Niranjan-Pradhan

काठमाडौँ, १७ जेठ । कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) विश्वनिरन्जन प्रधानको हृदयाघात (हर्टअट्याक) बाट निधन भएको छ ।

आइतबार दिउँसो काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल प्रहरीको हेल्थ क्लवमा पौडी खेल्दाखेल्दै हृदयाघात भएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

तर, अस्पताल लैजान साथ चिकित्सकहरुले मृत घोषणा गरेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कमलसिंह बमले दैनिक नेपाललाई जानकारी दिए । एसपी प्रधान एक हप्ताको बिदा लिएर शनिबारमात्रै काठमाडौँ आएका थिए ।