
काठमाडौं, २८ साउन । गत बुधबार संखुवासभा जिल्ला कारागारमा दुईजना कैदीबन्दीको मृत्यु भएको प्रकरणमा घटनाको समयमा कारागारमा ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् ।
उनलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनमाथि अदालतबाट पाँचदिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।
यस्तै प्रहरीले जेलर राजेन्द्र घिमिरलाई पनि पक्राउ गर्न अनुमति लिएको छ । तर उनी भने पक्राउ पर्न बाँकी छ ।
बुधबार कैदी २० वर्षीय विनोद तोलाङ्गी र २७ वर्षीय विकास श्रेष्ठको कारागारभित्र कुटपिट गरी हत्या गरिएको थियो ।
उनीहरूमाथि लछारपछार पार्दै कुटपिट गरेको सीसीटिभी फुटेजमा देखिएको छ ।















प्रतिक्रिया