
जनकपुरधाम, २८ साउन । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
रकम हिनामिनाको आशंकामा अख्यितारले नगरपालिकामा छापा मारेको हो ।
ज्येष्ठ नागरिकहरुको सम्मानका लागि निकासा गरिएको रकम हिनामिना गरेको आशंकामा अख्तियार बर्दिवासको टोलीले छापा मारेको हो।
यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि छुट्याइएको बजेट पनि हिनामिना भएको अख्यितारको दाबी छ ।
अन्य विभिन्न शीर्षकमा पनि रकम छुट्याएर काम नगरेको पाइएको अख्यिारले बताएको छ ।















प्रतिक्रिया