
काठमाडौं, २७ साउन । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणमा दुई जनाविरूद्व किटानी जाहेरी दर्ता भएको छ ।
कारागारका जेलर राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।
गत बुधबार सङ्खुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कारागारमै मृत्यु भएको थियो।
सार्वजनिक सीसी फुटेजमा उनीहरूमाथि कुटपिट तथा लछारपछार भएको देखिएको छ ।


















प्रतिक्रिया