६ कार्तिक २०८३, शुक्रबार

अनेरास्वबियुले नगरकोटमा बनायो बिद्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aansfu

काठमाडौं, १७ जेठ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले भूकम्पबाट क्षतिग्रस्त नगरकोटको गड्गडे निमाविको अस्थायी टहरा निर्माण गरेको छ ।

आफ्नै पहलमा जस्ता र बाँसको प्रयोग गरि ४ कोठे टहरा निर्माण गरिएको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष जयराम बास्तोलाले बताए । अस्थायी टहरा संविधानसभा संसदीय विकास समितिका सभापति, एमाले केन्द्रिय सदस्य एवम् बिद्यार्थी इन्चार्ज रविन्द्र अधिकारीले बिद्यालयका प्रधानाध्यापक उद्वव जमकट्टेललाई हस्तान्तरण गर्नुभयो ।

टहरा हस्तान्तरण गर्दै सभापति अधिकारीले अनेरास्वबियुले केहि दिनभित्रमा देशभर २ सय अस्थायी टहरा निर्माण गर्ने बताउनुभयो । उहाँले अन्य क्षेत्र भन्दा बिद्यालय धेरै संवेदनशील हुने बताउँदै भूकम्पले पारेको असर हटाउन समय लाग्ने बताउनुभयो ।