खोटाङ, १७ जेठ । घडेरी सम्याउने क्रममा आज खोटाङमा फेला परेको पाइप बम नेपाली सेनाले निस्क्रिय गरेको छ ।
दिक्तेल नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको कार्यालय नजिक घडेरी सम्याउँदै गर्दा कामदारले दुई थान पाइप बम फेला पारेका हुन् ।
घडेरी सम्याउने क्रममा फेला पारेको बम नेपाली सेनाले निस्क्रिय गरेको जबरजङ्ग गण मुडे ब्यारेकका गणपति रामबहादुर थापाले बताउनुभयो ।
स्थानीय चन्द्रकला राईको घर निर्माणका लागि घडेरी सम्याउने क्रममा कामदारले बम फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम द्वन्द्वको समयमा नेपाल प्रहरीले आफ्नो कार्यालय सुरक्षाका लागि राखेको हुनसक्ने जनाइएको छ । रासस















प्रतिक्रिया