
काठमाडौं, २६ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् ।
शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताए ।
महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको उनको भनाइ थियो । उनले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थिरता दिन सक्ने धारणा राखे ।
ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै महतले यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
मन्त्री महतले स–सानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्ता माझ पुर्याउन सरकारले सहजीकरण गर्ने
बताए ।















प्रतिक्रिया