
काठमाडौं, २६ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ ।
सीआईबीले सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको हो । सीआईबीले फक्सट्रट चार्ली अपरेशन चलाएर शैक्षिक प्रमाणपत्र कीर्ते गर्नेहरूलाई धमाधम पक्राउ गरिरहेको हो ।
हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ । जसमा काँग्रेस सांसद सुनिल शर्मा पनि रहेका छन् ।
यस्तै यसअघि नै पक्राउ परेका अन्य डाक्टरहरूमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा, अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी रहेका छन् ।















प्रतिक्रिया