
बुटवल, २६ साउन । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदैछ ।
प्रदेश अधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधि छनोट मापदण्ड निर्धारण गरिएको छ ।
बिहीबार लमहीमा सम्पन्न आयोजक समितिको बैठकले अधिवेशनमा सहभागीताका लागि एक सय सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरेको छ । खुल्लातर्फ एक सय जना सदस्य बराबर एक जना र दलिततर्फ ७५ जना बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरेको एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतिनिधिमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
उनले प्रतिनिधि छनोट गर्दा समावेशीतालाई ध्यान दिनुपर्ने व्यवस्था गरिएको बताए । घिमिरेका अनुसार लुम्बिनी प्रदेशका सम्पुर्ण पालिका र ईलाकालाई आधार मानेर भदौ ९ गते एकैदिन प्रतिनिधि छनोट गरिने तयारी रहेको छ ।











प्रतिक्रिया