२८ कार्तिक २०८३, शनिबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए ।

यसैगरी,बैठकमा पार्टीका सांसद सुनील शर्मा पक्राउ बारे पनि छलफल हुने बताइएको छ ।

शर्मालाई हिजो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सीआईबीले उनलाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको बताइएको छ । शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।