
काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
देउवाले आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।
बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया