
कास्की, २५ साउन । कास्कीको पोखरामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । पोखरा–१८, सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधबार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ ।











प्रतिक्रिया