२९ कार्तिक २०८३, आइतबार

मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वप्रसिद्ध टायर निर्माता कम्पनी मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिमार्फत उक्त टायर नेपाली उपभोक्ताका लागि उपलब्ध भएको हो।

अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको प्राइमसी ५ आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार पारिएको प्रिमियम टायर सिरिज हो। यसले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय टायर खोजिरहेका नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय ब्रान्डको थप विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

नेपालमा प्राइमसी ५ पाँच फरक साइजमा उपलब्ध हुनेछ। यसअन्तर्गत १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइज रहेका छन्। यी साइज नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभी मोडललाई लक्षित गरी ल्याइएको हो।

उपलब्ध साइजअनुसार २१५/६० आर१७ टायर हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया ओल्ड सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ।

यसैगरी, २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपयुक्त छ। १९५/५५ आर१६ साइज भने हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट र फक्सवागन पोलो लगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ। २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि ल्याइएको छ।

सिप्रदी अटो पार्ट्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्डका उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। मिशेलिनको प्राइमसी ५ सिरिज नेपाली बजारमा ल्याउनु पनि ग्राहकलाई विश्वस्तरीय उत्पादनसम्म पहुँच विस्तार गर्ने प्रयासको निरन्तरता भएको कम्पनीले जनाएको छ।

प्राइमसी ५ खरिद गर्न इच्छुक ग्राहकले आफ्नो सवारीसाधनअनुसार उपयुक्त टायर साइज, उपलब्धता तथा खरिदसम्बन्धी जानकारी सिप्रदी अटो पार्ट्समार्फत प्राप्त गर्न सक्नेछन्।