२९ कार्तिक २०८३, आइतबार

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना (तस्वीरहरूसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्यसमेत दिएका हुन् ।

गौरीघाट पुग्दा राष्ट्रपति पौडेललाई सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

तस्वीरहरू–