६ कार्तिक २०८३, शुक्रबार

तत्कालिन माओवादीले लुकाएर राखेका हतियार भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-baruwaपाल्पा, १७ जेठ । पाल्पामा तत्कालिन विद्रोही माओवादी लुकाएर राखेको अवस्थामा हतियार भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार द्वन्द्वकालमा राखिएका हतियारहरु तानसेन नगरपालिका–१२ धरमपानी स्थित एक घरबाट प्रहरीले आइतबार फेला पारेको हो । प्रहरीले बाह्रबोर जस्तो देखिने बन्दुक १ थान र गोली १ सय १५ थान बरामद गरेको हो ।

धरमपानी बस्ने कृष्णराज अधिकारी र ओम बहादुर घर्ती मगरको घरमा शनिबार मर्मत गर्ने क्रममा हतियार र गोलीहरु फेला परेको भन्ने स्थानीय कृष्णराज अधिकारीले जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराएका थिए ।

उक्त घरमा कोही पनि नबसी खाली रहेको थियो । शनिबार बाथरुम बनाउन तेस्रो तलाको भुईको माटो खन्दा प्लाष्टिकले बेरी राखेको अवस्थामा उक्त हतियार र २३ बट्टा भित्र रहेको उक्त गोली फेला परेको थियो ।