काठमाडौं, १७ जेठ । नेपाल प्रहरीको एक टोली हाईटी मिसनमा खटिने भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार प्रहरी उपरीक्षक एसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली मिसनमा जेठ २० गते हाईटीतर्फ जान लागेको हो ।
मिसनमा खटिने टीममा प्रहरी उपरीक्षक सुरेश बस्नेत तथा प्रहरी नायव उपरीक्षकहरु गोरख सिंह भण्डारी, सुदर्शन प्रसाद कोइराला, अनुपम सम्शेर जबरा र अमरेन्द्र बहादुर सिंह रहेका छन् ।
मिसनमा जाने टोलीलाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बिरेन्द्र बाबु श्रेष्ठले आइतबार बिदाई गरेका छन् । नेपाल प्रहरीको मिसन टोली संयुक्त राष्ट्र संघको अनुरोधमा हाईटी स्थित मिनुस्ताहमा खटिन लागेको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले त्यसतर्फ जान लागेको टोलीले राष्ट्र तथा संगठनको हितमा आफ्नो व्यवसायिक दक्षता प्रर्दशन गर्नुपर्ने बताउँदै युएनको म्याण्डेडलाई आत्मसाथ गर्दै राष्ट्र र संगठनको शिर उच्च राख्ने कार्यमा आफ्नो व्यवसायिक ज्ञान र सिपलाई व्यवहारमा लागू गर्न निर्देशन दिएका छन् ।
मिसनमा खटिने टीमका सदस्य :
एसपी सुरेश बस्नेत
डिएसपी गोरख सिंह भण्डारी
डिएसपी सुदर्शन प्रसाद कोइराला
डिएसपी अनुपम सम्शेर जबरा
डिएसपी अमरेन्द्र बहादुर सिंह ।















प्रतिक्रिया